गायक जीवन गरुङको आवाज रहेको आफुलाई भन्दापनि बोलको म्युजिक भिडियो एक कार्यक्रमकाविच सार्वजनिक गरिएको छ । राजधानीको अनामनगरस्थित युनियन हाउसमा राष्ट्रिय गीतका सर्जग ब्याकुल माइलाको उपस्थितीमा गरिएको उक्त सार्वजनिक गीतको भिडियोलाई चर्चित निर्देशक विशाल भण्डारीले निर्देशन गरेका हुन् । भिडियोमा निराजन प्रधान र जेविकाको अभिनयलाई देख्न सकिन्छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ ।

 

समर्पण एल्बममा समाविष्ट गीतमा शब्द तथा संगीत गायक स्वयं जीवन गरुङकै रहेको छ भने विजेश्वर तण्डुकारको एरेन्जमेन्ट रहेको छ । गीतलाई जिग्मे मिडिया प्रोडक्सनले बजारमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here