ओम कला केन्द्रको प्रस्तुतिमा गायिका बसन्ती लामाको “सयौ थरी कुरा ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

च्याङ्बाले मैच्याङलाई माया प्रेमका लागि पछ्याउँदै गरेको व्यंग्यलाई सर्जकले गीत मार्फत प्रस्तुत गरेको छ ।

लोक-दोहोरी,आधुनिक,सेलो लगायतको गीत गाइसकेकी बहु प्रतिभाकी धनी दोलखा मेलुङ गाउँपालिकाकी बसन्ती लामाको एकल स्वर रहेको गीतको शब्द संगीत भने प्रयास दोङको रहेको छ । चर्चित मोडेल अनिता गोले,ओम वाइबा तामाङ र सुमन तामाङले अभिनय गरेका छन् । सम्पादन तथा छायांकन सुर्य लामाको रहेका छन् ।

नोर्बु शेर्पाले एरेन्जर गरेको यस म्युजिक भिडियोलाई नृत्य निर्देशक अभि लामाले निर्देशन गरेका हुन । अमृत गिरीले मेकअपमा सघाएको छ भने उक्त म्युजिक भिडियोको दृश्य निर्माण भने जिग्मी मिडियाले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here