‘मिस नेपाल’को उपाधि निकितालाई

सन् २०१७ को ‘मिस नेपाल’को उपाधी मोरङ उर्लाबारीकी २० बर्षिया नीकिता चन्दकको पोल्टामा गएको छ । होटल अन्नपूर्णमा आयोजना भएको यो बर्षको ‘मिस नेपाल’मा उनले अन्य १८  जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । अब उनले ‘विश्व सुन्दरी’ प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् ।

पछिल्लो समय लोकप्रियता घट्दै गएको ‘मिस नेपाल’को ताजलाई बर्षभरी आफ्ना कामका माध्यमबाट चर्चामा राख्नु नीकिताको मुख्य चुनौती देखिएको छ । चन्दकले भारतको ‘जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी’मा फेसन कम्यूनिकेशनको अध्ययन समेत गरेकी छिन् । यस्तै, यो बर्षको ‘मिस नेपाल अर्थ’को उपाधी रोजिना श्रेष्ठको पोल्टामा गयो भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधी नीति शाहले जितिन् । ‘मिस नेपाल’को अडिसन सकिएर अन्तिम प्रतिस्पर्धीको नाम चर्चामा रहेसँगै धेरैले नीति शाहले टाइलट जित्ने अनुमान गरिरहेका थिए ।
तर, मोरङकी सुन्दरीले सबैको अनुमानलाई उल्टो साबित गराइदिइन् । यस्तै, सहारा बस्नेत ‘मिस एसिया प्यासेफिक इन्टरनेशनल’ घोषित भएकी छिन् । राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपालले ‘महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने प्रश्न सोधेका थिए । जसको जवाफ चन्दकले अरुको भन्दा उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् ।

द हिडेन ट्रेजरले यो चर्चित सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको छ । तर, पछिल्ला बर्षमा यो सौन्दर्य प्रतियोगीताको चर्चा निकै कमजोर बनिरहेको छ ।

तस्बिरः श्रीधर पौडेल

प्रतिकृय

प्रतिकृय