”मेसीको सम्झौता बार्सिलोनामै”

 बार्सिलोनासँग अर्जेन्टिनी सुपर स्टार लियोनल मेसीको ७० करोडको रिलिज क्लज सम्झौता वैध रहेको ला लिगाले जनाएको छ । बार्सिलोनाले पछिल्लो पटक मेसीसँग सम्झौता नवीकरण गर्दा ७० करोडको रिलिज क्लजको सम्झौता राखेको थियो ।

३३ वर्षे मेसीले भने बार्सिलोनासँगको सम्झौता सकिएकाले आफू खुला सरुवामार्फत अर्को क्लब जान पाउनुपर्ने अडान राख्दै आएका छन् ।

बार्सिलोनाले राखेको यो रिलिज क्लजको अवधि समाप्त भइसकेको मेसी जिकिर गर्दै आएका छन् । ला लिगाले यो सम्झौतालाई अर्को क्लबले नस्विकारेसम्म मेसी बार्सिलोना छाडेर जान नमिल्ने जनाएको छ । मेसी र बार्सिलोना नै सहमत भएमा भने ७० करोडभन्दा मुनिको रकममा पनि स्थानान्तरण हुन सक्नेछ ।

मेसी आइतबार बार्सिलोनाको प्रि–सिजनको मेडिकलका लागि उपलब्ध नभएपछि यी दुईबीचको सम्बन्ध झनै खराब बनेको छ । निर्धारित तालिकाअनुसार बिहान १० बजे स्वास्थ्य परीक्षणका लागि मेसी उपलब्ध हुनुपर्ने थियो ।

प्रतिकृय

प्रतिकृय

SHARE