हेलम्बुमा नव निर्मित ग्रेट ट्रेल पद मार्गको जताततै चर्चा

हेलम्बुको बुद्धपार्कबाट शुरु हुने ट्रेल पूरै निर्माण भएपछि आमायाङ्ग्री (ह्योल्मो परम्परा अनुसार धनकी देवी),सेर्माथाङ (गुरु रिन्पोछे तपस्यास्थल), मिलारेपा गुफा, पाल्चोक जयवागीश्वरी मन्दिर लगायत हेलम्बुका दर्जनौं गुम्बा तथा धार्मिकस्थल अवलोकन गर्न सकिन्छ । ट्रेल बनाउन स्थानीय ढुङ्गाको प्रयोग गरिएको छ ।

,सिन्धुपाल्चोक भनिने बित्तिकै रास्ट्रिय योजना  मेलम्चि खाने  पानी, हेलम्बु ,तातो पानी लगायतका स्थानहरुलाइ सम्झन्छौ ।

अहिले सिन्धुपाल्चोक  हेलम्बु गाउपालिकाको जताततै चर्चा चलिरहेको छ । काठमाडौ ल्याइने मेलम्ची खानेपानीको मुहान पनि हेलम्बुमै पर्दछ । पर्यटकिय क्षेत्रमा हेलम्बुको छुट्टै छाप बनेको छ । अझ स्थानिय सरकार आइसके पछाडी त हेलम्बुको मुहार नै फेरिएको छ।

यसै गरि अहिले बन्दै गरेको नव निर्मित ग्रेट ट्रेलको चर्चा जताततै चल्न थालेका छ । हयोल्मो तथाा तामाङ संस्कृति झल्कने आकर्षक एकीकृत बस्ती,  स्याउ र राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको ड्यामले गर्दा चर्चामा रहेको हेलम्बुमा  हिमालयन हेलम्बु ग्रेट ट्रेल (पदमार्ग) निर्माण भइरहेको छ ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल रसुवाको गोसाइँकुण्डसँग हेलम्बुलाई जोड्ने उद्देश्यले सो पदमार्ग निर्माण भईरहेको हो ।
स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणका रुपमा रहेको जिल्लाको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङटाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माणकार्य तीव्र पारिएको हो ।
हेलम्बुको बुद्धपार्कबाट शुरु हुने ट्रेल पूरै निर्माण भएपछि आमायाङ्ग्री (ह्योल्मो परम्परा अनुसार धनकी देवी),सेर्माथाङ (गुरु रिन्पोछे तपस्यास्थल), मिलारेपा गुफा, पाल्चोक जयवागीश्वरी मन्दिर लगायत हेलम्बुका दर्जनौं गुम्बा तथा धार्मिकस्थल अवलोकन गर्न सकिन्छ । ट्रेल बनाउन स्थानीय ढुङ्गाको प्रयोग गरिएको छ ।
भित्री भागमा मेशिनले काटेका ढुङ्गा प्रयोग गरिएको छ भने बाहिर राखिएका ढुङ्गा छिनोले कुँदिएको छ । सिंढीमा स्लेट प्रयोग गरिएको छ । ट्रेल बनाउँदा भौगोलिक अवस्था नबिगार्ने र बोटबिरुवा नभएको ठाउँमा वृक्षरोपण पनि गर्ने गाउँपालिकाको योजना छ।
समुद्री सतहबाट २४०० देखि ५००० मिटर उँचाइसम्म फैलने ट्रेल हिंडेर पूरै छिचोल्न नौ दिन लाग्नेछ । सो अवधिमा तामाङ, ह्योल्मो, गुरुङ लगायत जातजातिको संस्कृति अवलोकन गर्न पाइनेछ । ट्रेलमै पर्ने पाके डाँडाबाट सगरमाथा समेत देखिन्छ ।
ट्रेलको सेमिसिधाङबाट गोसाइँकुण्ड मात्र एक किलोमिटरको दूरीमा छ । ट्रेल क्षेत्रभित्रै क्यानोनिङ र पाराग्लाइडिङको संभाव्यता अध्ययन भइसकेको र बञ्जी निर्माण गर्न पुलको डीपीआर पनि बनिसकेको छ ।
बहुवर्षीय योजनाअन्तर्गत ६० किमी लामो चीनको ग्रेटवालको झल्को दिने खालको उक्त परियोजना सम्पन्न गर्न अनुमानित रु तीन अर्ब ५० करोड बजेट लाग्नेछ । उक्त क्षेत्रमा   नव निर्मित  ग्रेट ट्रेल हेर्नकै लागि पर्यटकहरु दृश्य अबलोकन गर्ननाका निम्ति तथा  विभिन्न म्युजिक भिडियोहरु समेत छायांकनको लागि आउने गर्दछन ।
अहिले कोरोना भाइरसका कारण देशभरी लकडाउन भएकोले उक्त स्थान लगाएत हेलम्बु गाउपालिका भरी आवातजावत गर्नलाइ निशेध गरिएको गाउँ पालिका अध्यक्ष निमा ग्याल्जेन सेर्पाले जानकारी दिनु भयो ।

प्रतिकृय

प्रतिकृय