छोटो समयमा नै ओम तामाङ वाइबाको हेलम्बुले धेरै दर्शकहरुको मन जित्न सफल

सिन्धुपाल्चोक जिल्लाको पर्यटकिय ठाउँ हेलम्बुलाई समेटेर तयार भएको गीत र भिडियो सार्वजनिक  केही समय अगाडि मात्र सार्बजनिक गरिएको छ ।

गायक ओम तामाङ वाईबाको शब्द स्वर र संगीतमा रहेको गीत जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

हेलम्बुको ग्रेट ट्रेलमा छायांकन भएको भिडियोमा गायक वाईबा र कलाकार पुर्णिमा थोकरको अभिनय देख्न सकिन्छ । दिपेश प्रधानको संगीत संयोजन र ध्वनि सम्पादन भएको गीत दिप स्टुडियोमानै रेकर्ड भएको हो ।

गायक स्वयंमले निर्देशन गरेको गीतको भिडियोमा छायाङकन, संम्पादन र रंग संयोजन सुर्य लामाले गरेका छन । भिडियोमा हेलम्बुको सुन्दर दृश्यलाई दर्शकले नियाल्न सकिन्छ । सिन्धुपाल्चोक जिल्लामा जन्मेका गायक ओम तामाङ वाईबाले यो विसम कोरोना कोभिड -१९ को अबस्थामा पनि स्रोता दर्शको मनोरञ्जनलाई मध्यनजर गर्दै गीत र भिडियो बजारमा ल्याएको छ ।

गीत र भिडियो दुबै समग्रमा राम्रै बनेकोले छोटो समयमा धेरै दर्शक हरुले मन पराएको र  छोटो समय धेरै भिउज पाउन सफल भएको छ ।

 

प्रतिकृय

प्रतिकृय

SHARE