बन्दै बन्दले जनता रोगबाट भन्दा भोकबाट मर्न लागे सरकार : गायक स्वरुपराज आचार्य

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशभरका ठूला शहरमा कोरोनाको त्रास बढेसँगै सरकारले निषेधाका जारी गरेको छ ।काठमाडौँ उपत्यकामा प्रशासनले विगत २ हप्तादेखि जारी गरेको निषेधाज्ञा आज राती १२ बजेदेखि सकिनै लाग्दा विज्ञले अब लकडाउन नगरी कोरोना कहरको विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् । जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेले अब कोरोनाको विकल्प लकडाउन नभएको बताएका छन् ।

विज्ञले सरकारलाई तत्कालका लागि लकडाउन विकल्प नभएको सुझाव दिइरहँदा चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्यले पनि बन्द मात्रै कोरोनाको औषधी नभएको बताएका छन् ।

सामाजिक संजालमा आफ्नो धारणा राख्दै गायक आचार्यले कोरोना कहरको बढ्दो त्रासमा सर्वसाधारण रोगले भन्दा पनि भोकले मर्ने पो हुन् की भन्ने चिन्ता ब्यक्त गरेका छन् ।

निकै मर्मस्पशी सन्देश लेख्दै गायक आचार्यले सरकारलाई तत्कालै बन्दको विकल्प खोज्न र जनतालाई बचाउन आग्रह गर्दै यस्तो स्टाटस लेखेका छन् ।

 

प्रतिकृय

प्रतिकृय