काठमाडौँ- पछिल्लो २४ घण्टामा बिहिबार थप १ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना पुष्टि हुनेमा ३९४ महिला र ८३४जना पुरुष रहेका छन् ।
मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४२ हजार ८७७ संक्रमितको संख्या पुगेको जनाए ।