मेलम्चीको सुरुङले हेलम्बु बोल्दे बस्ती नै पूर्ण जोखिममा

हेलम्बु गाउँपालिका ५ स्थित बोल्दे गाउँ पूर्ण रुपमा पहिरोको जोखिममा परेको छ। बस्ती मुनीबाट पहिरो खस्न थालेपछि बस्ती जोखिममा परेको हो।

पहिराले सो क्षेत्रका बोल्दे, लावगाँउ, उर्लेनी ,कल्लेरीलगायत ठाँउमा जोखिममा परेको स्थानीयवासी मनोज लामाले बताए। मेलम्ची खानेपानीले सुरुङ खनेको कारण बस्ती जोखिममा परेको उनले आरोप लगाए।

‘जहाँ सुरुङ खनेको छ त्यहाँ माथि जमिन कमजोर भएपछि धाँजा फाटेको छ। त्यहाँ जुनसुकै बेला पहिरो जान सक्छ, उनले भने, मेलम्चीले सुरुङकै कारणले बस्ती जोेखिममा परेको हो।

अति जोखिम भएका केही घरका स्थानीयलाई तत्कालका लागि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिका अध्यक्ष निमाग्याल्चेन शेर्पाका बताउँछन्।

‘हामीले अति जोखिममा परेकाहरुलाई आवश्यक परेका सामग्री व्यवस्था गरेर स्थानान्तरण गरिसकेका छौँ, उनले भने, बस्ती पुरै जोखिम छ। त्यसैले सिंगो गाउँ नै स्थानान्तरण गर्नुपर्छ।’

बस्ती स्थानान्तरणमा सहयोग गर्न मेलम्ची खानेपानी आयोजनालाई सहयोग गर्न अनुरोध गरिएको समेत जनाए।

प्रतिकृय

प्रतिकृय

SHARE