रातो मत्स्येन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन कांग्रेसको अपिल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रातो मत्स्येन्द्रनाथको रथ यात्रामा भएको हिंसात्मक झडपप्रति दुःख व्यक्त गरेको छ। प्रशासन, जात्रा आयोजक र स्थानीयबीच समन्वय अभावमा दुःखद परिस्थिति सिर्जना भएको कांग्रेसकाे ठहर छ।

कांग्रेस संसदीय दलले एक विज्ञप्तिमा जारी गर्दै रथ यात्रालाई निरन्तरता दिन अपिल गरेको छ। संसदीय दलका नेता बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका साथै उच्च सतर्कता अपनाइ रथ यात्रा गर्नु पर्ने उल्लेख छ।विज्ञप्तिमा भनिएको छ, ‘रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं सम्वादको माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न नेपाली कांग्रेस संसदीय दल हार्दिक अपिल गर्दछ।’ ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा बिहीबार स्थानीय र प्रहरीबीच झडप भएको थियो।

प्रतिकृय

प्रतिकृय