सिन्धुमा कोरोना संक्रमण- कुन पालिकामा कति ?

कोरोना भाइरसका कारण सिन्धुपाल्चोक जिल्लामा ४ जनाको मृत्यु भएको छ । भने अहिले सम्म जिल्लामा एक सय नौ जना संक्रमीत भएका छन् । ति मध्ये ७७ जना निको भएर घर फर्कीएका छन् । मृत्य भएका चार जना मध्ये बाह्रविसे नगरपालिकामा २ , इन्द्रावतीमा १ र पाँचपोखरीमा १ जना रहेका छन ।
संक्रमितहरुमा पाँचपोखरीमा २७ पुरुष र ७ महिला रहेका छन भने ३३ जना निको भएर घर फर्कीसकेका छन् । बाह्रविसे नगरपालिकामा ७ पुरुष र ३ महिला संक्रमणमध्ये १ महिला उपचारपछि निको भएर घर फर्कीसकेका छन् । त्यस्तै गरि १२ पुरुष र ४ महिला सहित कुल १६ जना संक्रमीत भएको इन्द्रावती गाँउपालिकामा एक महिलाको मृत्युसँगै २ महिला र ८ पुरुष गरि १० जना उपचार पछि घर फर्कीएका छन् । मेलम्ची नगरपालिकामा भने ७ महिला र ७ पुरुष सहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ६ महिला र ५ पुरुषको उपचारपछि नेगेटिभ नतिजा आइ घर फर्कीसकेका छन् ।
त्यसै गरी३ महिला र ७ पुरुष गरि १० जना संक्रमीत देखिएको चौतारा साँगाचोकगढी नगरपालीकामा हालसम्म ७ जना संक्रमीत उपचारपछि घर गइसकेका छन् । जुगल गाँउपालिकामा २ महिला मात्रै संक्रमीत देखिएको र दुवैजना उपचारपछि डिस्चार्ज भइसकेका छन् । सुनकोशी गाँउपालिकामा ३ जना महिलामा कोरोना देखिएकोमा तिनैजनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
त्रिपुरासुन्दरी गाँउपालिकामा ४ पुरुषमा कोरोना संक्रमण देखिएकोमा १ जना निको भएर घर फर्किएका छन् ।बालेफी गाँउपालिकाका २ महिला र १ पुरुषमा कोरोना संक्रमण देखिएकोमा दुबै जना निको भएर घरफर्केका छन् । भोटेकोशी गाँउपालिकामा १ जना महिलामा मात्रै कोरणा संक्रमीत भएको छन ।
लिसंखुपाखर गाँउपालिकामा भने अहिले सम्म कसैमा पनि कोरोना संक्रमण देखिएको छैन ।
३ महिला र १ पुरुषमा संक्रमण देखिएको हेलम्बु गाँउपालिामा पनि सबैजना कोरोनामुक्त भइसकेको स्वास्थ्य कार्यालय, चौताराको तथ्याङ्क छ ।
अन्य जिल्लाबाट सिन्धुपाल्चोकमा आई विभिन्न पेशा गरी बसोबास गरिरहेका १ महिला र ५ पुरुषमा पनि संक्रमण देखिएको थियो । उनीहरुमध्ये २ पुरुष उपचारपछि निको भइसकेका छन् भने बाँकी उपचारकै क्रममा छन् । संक्रमित सवै जिल्लाका विभिन्न आइसोलशनमा रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृय

प्रतिकृय

SHARE