उत्कृष्ट खेलाडी सूचीमा लिभरपुल

व्यवसायिक फुटबल खेलाडी संघको उत्कृष्ट खेलाडी अवार्डका लागि शुक्रबार ६ प्रत्यासीको नाम घोषणा गरिएको छ । त्यसमा इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलका चार खेलाडी परेका छन् ।

त्यसमा भर्जिल भन डाइक, जोर्डन हेन्डरसन, साडियो माने र ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड रहेका छन् । लिग उपविजेता म्यानचेस्टर सिटीबाट त्यस सूचीमा केभिन डे ब्रुएन र रहिम स्टर्लिङ रहेका छन् ।

उत्कृष्ट युवा खेलाडीको प्रत्यासी सूचीमा एलेक्जान्डर आर्नोल्डको पनि नाम रहेको छ । अवाडको घोषणा मंगलबार गरिनेछ ।

प्रतिकृय

प्रतिकृय

SHARE