बैंक तथा बित्तीय संस्थाहरुमा थुप्रिएको अधिक तरलता लगानी योग्य रकम निष्क्रिय रहने देखिएको छ । कोभिड १९ को महामारीका कारण बैक तथा बित्तीय संस्थाहरुले लगानीको अवसर नपाए पछि बैकिङ क्षेत्रमा जम्मा भएको रकम अन्यत्र डाइभर्ट हुन सक्ने आशंका बढेको हो ।
कोराना भाइसरका महामारीबाट आर्थिक गतिविधि ठप्प भए पछि बैक तथा बित्तीय संस्थाको लगानी बिस्तार हुन सकेको छैन् । बैक तथा बित्तीय संस्थाहरुले बढी भएको तरलता खिच्न राष्ट्र बैकलाई आग्रह गरेका छन । हाल बैक तथा बित्तीय संस्थामा लगानीयोग्य रकम २ खर्ब बढी छ । बैकले यो रकम लगानी गर्न नसकेर निष्क्रिय रहेको छ ।
हाल बैक तथा बित्तीय संस्थाहरुले लगानीको नयाँ अवसर भेट्न सकेका छैनन् । नेपाल बैकर्स संघका अनुसार बैक तथा बित्तीय संस्थाहरुमा हाल ३५ खर्व भन्दा बढी रकम निक्षेप रहेको छ । त्यसैगरी बैकहरुले कुल २९ खर्व भन्दा बढी रकम कर्जा लगानी गरेका छन् । बैकहरुसंग ६ खर्व बराबरको पुँजीकोष रहेको छ । कोरोना र लकडाउनको असर बैकिङ क्षेत्रमा परेको नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष भुवन दाहाल बताउनु हुन्छ ।
बैक तथा बित्तीय संस्थामा रहेको रकम र बाहिर कतै राखिएको रकम लगानीको अवसर नहुदाँ कतै अन्यत्र जान सक्छ भन्ने आशंका गर्दै बैकर्सहरुले राष्ट्र बैकको ध्यानाकर्षण गराएका छन् ।
मुलुकमा उद्योग धन्दा तथा आर्थिक गतिविधि ठप्प हुदाँ बैकले लगानी गर्ने अवसरको अभाव रहँदा लगानीयोग्य रकम लामो समय सम्म निस्कृय रहेको अवस्थामा बैकिङ क्षेत्र पनि थप समस्यामा पर्न सक्छ ।