ललितपुरमा अविश्वसनीय र दुःखद् घटना घट्यो : क्रिकेटर सन्दीप लामिछाने

युवा क्रिकेटर सन्दीप लामिछानेले बिहीबार भएको ललितपुर घटना प्रति दुःख व्यक्त गरेका छन् । अहिले क्याराबिन प्रिमियर लिग (सीपीएल) खेल्न क्याराबिन राष्ट्र ट्रिनीटाड एण्ड टोबागोको ट्रिनीटाड सहरमा छन् ।

सीपीएलमा व्यस्त रहेका सन्दीपले रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा बिहीबार पुलचोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबीच झडप भएपछि उत्पन्न तनावको विषयमा सामाजिक सञ्जालमा दुख व्यकत गरेका हुन् । उनले शुक्रबार बिहान ट्वीटरमा लेख्दै  ललतिपुरमा जे भएको थियो त्यो नहुनुपर्ने बताए ।

‘ललितपुरमा अविश्वासनीय र दुःखद् घटना घट्यो, जुन नहुनु पर्ने थियो’ उनले ट्वीटरमा लेखेका छन् ।

जात्राका क्रममा ललितपुरका स्थानीय र प्रहरीबीच झडप हुँदा आक्रोशित भीडले ड्यूटीमा रहेका ट्राफिक प्रहरीका जवानमाथि कुटपिट पनि गरेका थिए।

प्रतिकृय

प्रतिकृय