एमबापेको उत्कृष्ट गोलमा फ्रान्स विजयी

PARIS, FRANCE - NOVEMBER 14: Kylian Mbappe of France in action during the UEFA Euro 2020 Qualifier between France and Moldova held at Stade de France on November 14, 2019 in Paris, France. (Photo by Dean Mouhtaropoulos/Getty Images)

केयलिन एमबापेले उत्कृष्ट गोल गरेपछि विश्व च्याम्पियन फ्रान्सले नेसन्स लिगमा स्विडेनमाथि शनिबार १–० को जित निकालेको छ ।

शनिबारका खेलमा इंग्ल्यान्ड र पोर्चुगल पनि विजयी रहे । इन्जुरी समयको पहिलो मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीबाट गोल गरेपछि इंग्ल्यान्डले आइसल्यान्डलाई १–० ले हरायो । खेलको अन्त्यमा दुवै टिम १०–१० खेलाडीमा सीमित थिए । क्रिस्टियानो रोनाल्डोविना मैदानमा उत्रेको पोर्चुगलले भने क्रोएसियालाई सजिलै ४–१ ले हरायो ।पीएसजीका २१ वर्षीय एमबापेले खेलको ४१ औं मिनेटमा स्विडेनका तीन डिफेन्डरलाई छक्याउँदै गोल गरे ।

प्रतिकृय

प्रतिकृय

SHARE