कोरोना पुष्टिपछि आइसोलेसनमा अर्जुन कपुर

बलिउड अभिनेता अर्जुन कपुरलाई कोरोना भाइरसको संक्रमण भएको छ ।  सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले आफूलाई कोरोना पुष्टि भएको र  कुनै लक्षण नदेखिएको जानकारी दिएका छन् ।

‘मलाई कोरोना संक्रमण देखिएको जानकारी गराउनु मेरो कर्तव्य हो । मलाई ठीक छ । कुनै लक्षण देखिएको छैन । डाक्टरको सल्लाह अनुसार नै म आइसोलेसनमा छु,’ उनले इन्स्टाग्राममा लेखेका छन्,’तपाईंहरुको सहयोगका लागि अग्रिम धन्यवाद दिन चाहन्छु । यो असमान्य र अप्रत्यासित समय हो । मलाई विश्वास छ हामी सबै यो भाइरसबाट बाहिरिनेछौं ।’

यसअघि अमिताभ बच्चन, अभिषेक बच्चन ऐश्वर्या राय बच्चनलाई पनि कोरोना संक्रमण देखिएको थियो । अर्जुनका पिता बोनी कपुरको घरमा काम गर्ने कामदारलाई पनि कोरोना संक्रमण भएको थियो । अर्जुन इन्स्टाग्राममा आफ्नो स्वास्थ्यबारे जानकारी दिइरहेका हुन्छन् । अर्जुन अब सैफअली खानसँग ‘भूत पुलिस’मा देखिने द हिन्दुस्तान टाइम्समा उल्लेख छ ।

त्यस्तै बलिउड अभिनेत्री तथा अर्जुनकी प्रेमिका मलाइका अरोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको हिन्दुस्तान टाइम्सले समाचार प्रकाशित गरेको छ ।

प्रतिकृय

प्रतिकृय

SHARE