तस्कर नियन्त्रण गर्न बस्नेतको तीन दिने अल्टीमेटम

बाह्रविसे । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहनबहादु बस्नेतले बालुवा तस्करीमा संलग्नलाई पक्राउ गरि कारवाही गर्न तीन दिने अल्टीमेटम दिएका छन् । सिन्धुपाल्चोकमा बालुवा तस्करीमा नेकपाका नेता नै संलग्न भएको समाचार प्रकाशन भइरहदा पनि कारवाही गर्नुपर्ने निकाय चुप बसेको भन्दै बस्नेतले अल्टीमेटम दिएका हुन् ।
‘सिन्धुपाल्चोकको इन्द्रावती बलेफी,भोटेकोसी र सुनकोसी नदि किनारामा अवैध रुपमा बालुवा तस्करहरुले नदि दोहन गरि पहिरोको प्रकोप समेत बढाइरहेका छन्,’ बस्नेतले भनेका छन् –‘असार देखि भदौ महिना भर नदिमा गिट्टी,ढुङ्गा बालुवा उत्खनन गर्न नपाउने कानुन हुदाहुदै सिन्धुपाल्चोकमा भने नेकपाका नेता कार्यकर्ताहरुले कानुन बिपरित रातभर हजारौं टिप बालुवा निकालेर काठमाडौं लगिरहेका छन ।’

राज्यले बनाएको नियम कानुन बिपरित यसरी बालुवा निकालिएको विषयमा विभिन्न संचार माध्यबाट समाचार सार्बजनिक हुदाहुदै पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अवैध रुपमा बालुवा निकाल्न सलग्न हुने नेकपाका नेता कार्यकर्तालाई नियन्त्रणमा नलिएकोमा आक्रोस व्यक्त गर्दै बस्नेतले यस विषयमा जिल्ला प्रशासन कार्यालय र प्रहरीले ३ दिन भित्र तुरुन्तै आबश्यक कार्बाही सुरु गर्न पर्ने बताएका छन् ।
उनीहरुलाई तोकीएको समयभित्र नियन्त्रणमा नलिए सिन्धुपाल्चोकका बाढी पहिरो पिडामा परेका र न्यायप्रेमी नागरिकहरुलाइ लिएर तस्करहरुले निकालेका बालुवा जफत गर्न र तस्करहरुलाइ पक्राउ गराउनका साथै अवैध रुपमा निकालेको बालुवा बाढी पहिरो पीडितहरुको आवास निर्माण गर्न बितरण गर्न लगाउन जनदबाब सिर्जना गरिने सबैमा जानकारी गराएका छन् ।

प्रतिकृय

प्रतिकृय