सिन्धुपाल्चोक बिभिन्न सञ्चारमाध्यममा प्रकशीत\प्रशारीत समाचारको विषयमा जिल्ला सम्न्वय समिती र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशन गरेका छन् । निषेधीत समयमा खोलाबाट बालुवा निकाली अवैध रुपमा भइरहेको विक्रीवितरणको सम्बन्धमा जिसस प्रमुख कृष्णगोपाल तामाङको नाम मुछीएपछि विज्ञप्ती निकालीएको हो ।
विभिन्न पत्रपत्रीका, अनलाइन तथा रेडीयोमा जिसस प्रमुखको नाम जोडीएर समाचारहरु आएपछि जिल्ला समन्वय समितीले प्रेश विज्ञप्ती प्रकाशन गरेको हो । अवैध बालुवा उत्खनन्मा आफुहरुको कुनै संलग्नता नभएको भन्दै जिससले विज्ञप्ती निकालेको हो । जिसस प्रमुख कृष्णगोपाल तामाङद्वारा हस्ताक्षरीत विज्ञप्तीमा जिल्ला अनुगमन समितीले वर्षायाममा (असार १ देखि भदौ मसान्तसम्म) निषेधीत खोला नदिबाट उत्खनन् संकलन कार्यका लागि रोक लगाइएको र त्यस विपरीत कार्य गर्ने सवारीसाधनलाई नियमानुसार कारबाही गरिएको उल्लेख छ । समाचारमा सप्रमाण आएको सवारीसाधनको हकमा भने उसले कर मात्रै तिर्न बाँकी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको र उक्त सवारीसाधनलाई कर तिराई छोडीएको उल्लेख छ ।
जिससद्वारा जारी विज्ञप्तीमा समाचार लेखिएको विषयलाई लिएर ‘पित पत्रकारीता’ शब्द प्रयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले आपत्ती जनाएको छ । महासंघका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तीमा समाचारको विषयमा चित्त नबुझेमा त्यसको खण्डन गर्दै आफ्नो प्रमाणहरु पेश गर्नुपर्ने र त्यसबाट पनि चित्त नबुझेमा प्रेस काउन्सीलमा जानुपर्नेमा मा त्यसो नगरी आम पत्रकारीकाताके क्षेत्रलाई नै आरोप लगाउने गरि टिकाटिप्पणी गरी प्रेस विज्ञप्ती प्रकाशीत गर्नु सचेत नागरीक र जननिर्वाचीत संस्थाको सोभनिय कार्य नभएको उल्लेख गरेको छ
आफ्नो अधिकारको वकालत गर्दा अरुको मानमर्दन नगर्न महासंघले जिससलाई सचेत गराएको छ । समाजमा हुने गरेको विकृती विसंगती , चोरी निकासी तथा अवैध क्रियाकलापको समाचार प्रकाशन तथा प्रशारण गरेर आम नागरीकमा सुसुचीत गराउने र पछिका दिनमा त्यस्ता खालका क्रियाकलाप हुन नदिन खवारदारी गर्ने जिम्मेवारी सञ्चार माध्यमको भएको महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।