सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेकपाका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । बुधबार एक का्यक्रमकाबिच हेलम्बु गाउँपलिका वडा नं- २ चित्रेस्थित दलित समुदायका नेकपाका दर्जनौं नेता कार्यकर्ता नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् ।
गत स्थानिय निर्वाचनमा हेलम्बु गाउँपालिकाका ७ वटा वडा मध्ये त्यहि वडा नं २ एक मात्र तत्कालिन नेकपा एमालेले जितेको उक्त्त वडामा रहेको चित्रेस्थित सिङ्गो दलितबस्तीका ३०-३५ घरका सबै नागरिक कांग्रेस प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्दै सुवास दर्नालले भने हामी दलितको नाम बेचेर राजनिती गर्ने कम्युनिष्ट परिपाटीको चरित्र उदाङ्गो भएको छ । अबका दिनमा व्यबहारमा समान दृष्टिकोणले हेर्ने जनताको पार्टी कांग्रेसनै रहेको बताए ।अर्का प्रवेश भरत वि.क.ले दलितलाई भर्याङ बनाएर आफ्नो अभिष्ट पुरागर्ने कम्युनिष्टको झुटको खेति बन्दगर्दै साच्चिकै दलितको भावना बुझ्ने पार्टी नेपाली कांग्रेसमा आउन सम्पुर्ण दलितहरुलाई आव्हान गरेका छन्।
यो सँगै बुधबारनै हेलम्बु-६ स्थित थापाटारका नेकपा तथा राप्रपाका दर्जनौं नेताकार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिकास लगायत जनताको हरेक दुखसुखमा साथ दिने एकमात्र पार्टी नेपाली कांग्रेस भएको भन्दै हेलम्बुमा पार्टो प्रवेशको लहरै चलेको गाउँपालिका उपाध्यक्ष कोपिला पण्डितले बताइन् ।
आफुले निर्वाचन पश्चात् नेकपाको नेताको अनुहारनै नदेखेको र जनतालाई चाहिने सबै बिकासका काम नेपाली कांग्रेसले गरिदिएको तथा निर्वाचनमा मत नदिएपनी बिकासका काममा कांग्रेसले कुनै भेदभाव नगरेकोले अब जनताको पार्टी भनेको कांग्रेस मात्रै रहेछ भन्ने बुझेर कांग्रेस प्रवेश गरेको हेलम्बु-६ थापाटारका नवप्रवेशी मध्येका एक पितम बहादुर पण्डितले बताए ।
नव प्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै हेलम्बु गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस सिन्धुपाल्चोक का युवा नेता निमा ग्याल्जेन शेर्पाले कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र र झुठो आश्वासनले आम नागरिकमा निराशा छाएको बताए । शेर्पाले नेपाली कांग्रेस लाई बिश्वास गरेर प्रवेश गर्ने सबै नेता कार्यककर्ताको सुखदुःखमा आफू सधैं साथमा रहने बताए ।
गत स्थानिय निर्वाचनमा हेलम्बु गाउँपालिकाका ७ वटा वडा मध्ये त्यहि वडा नं २ एक मात्र तत्कालिन नेकपा एमालेले जितेको र आगामी दिनमा हेलम्बु गाउँ पालिकामा नेकपा प्रतिको विश्वसनियता कम हुँदै गएकोले अब कांग्रेस मात्रै जनताको मन मुटुमा रहेको कुरा चुरेटारबासीको प्रवेशले प्रमाणित गरेको नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षैत्र नं २ का सचिव रमेश भण्डरीले बताए । उक्त्त पार्टी प्रवेश कार्यक्रममा हेलम्बु गाउँपालिका उपाध्यक्ष कोपिला पण्डित वडा अध्यक्ष खेतनाथ घिमिरे कांग्रेस महासमिति सदस्य छिरिङ ह्योल्मो लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको सचिव भण्डारीले बताए ।
गत महिना मात्रै हेलम्बु गाउँपलिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बु-७ पातिङ काटुङ र हेलम्बु-२ चुरेटार बस्तिका सयौं नेकपा नेता-कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गराएका थिए ।