`डेन्बा एला थे माया´ तामाङ प्रेम गीत बजारमा, संगीतकार अनिल लामाको अर्को सृजना

केहि समय अघि मात्र चर्चित गयक राजु लामाको स्वरमा रहेको गीत सैलुङ्गे मेला बजारमा ल्याएक संगीतकार अनिल लामाले अर्को आफ्नो सृजना तामाङ प्रेम गीत स्रोता दर्शक माझ ल्याएका छन ।

सैलुङगे मेला बोलको गीतको शब्द र संगीत अनिल लामाको रहेको थियो भने स्वर मङगोलियन हर्टका गायक राजु लामाको रहेको थियो । भर्खरै मात्र सार्वजानिक भएको तामाङ प्रेम गीत `डेन्बा एला थे माया´बोलको गीतको शब्द रचना भने गीतकार साङ्गे ब्लोनले गरेको हो ।

अनिल लामाको संगीतमा रहेको गीतमा गायक हावा लामा दोङ र दिपा लामाको स्वर रहेको छ ।
पवन वाङ लामाले संगीत संयोजन गरेको यस गीतको ध्वनि सम्पादन दिपेश प्रधानले गरेका हुन । सरगम स्टुडियोमा रेकर्डिङ भएको गीतको अब भिडियो पनि चाँडैनै दर्शकमाझ आउने निर्माण पक्षले जानकारि दिएका छन ।

लामो समयदेखि गीत संगीतमा लागि परेका गायक तथा संगीतकार अनिल लामाको सृर्जनालाई पछिल्लो चरण स्रोता दर्शकले निक्कै रुचाउने गरेको पाइएको छ । बिजय लामाको प्रस्तुतिमा निर्माण भएको तामाङ प्रेम गीत ` डेन्बा एला थे माया´ लाई पनि स्रोता दर्शकले मनपराउनेमा निर्माण पक्ष आशावादि छन ।

प्रतिकृय

प्रतिकृय

SHARE