जाँदा जाँदै कुलमानले भने,’लोडसेडिङलाई इतिहासमा विलय गराइदियौं’

Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT

विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङलाई इतिहासमा विलय गराइदिएको बताएका छन् ।

चार वर्षे कार्यकाल सकाएर मंगलबार विदाइ कार्यक्रममा बोल्दै घिसिङले २०७५ वैशाखदेखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरि मुलुकबाट लोडसेडिङलाई इतिहासमा विलय गराउन सफल भएको बताएका हुन् ।

उनले सबैको साथ र सहयोगमा नै सम्झदै कहाली लाग्‍ने त्यो आँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भएको बताए ।

उनले भने,’विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफल भयौं ।’

लोडसेडिङ अन्त्य गर्नु मात्र अन्तिम अभिष्ट नभएर प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ सुरु गर्नु समेत रहेको बताए । उनले जीर्ण बनेका अधिकांश आयोजनाहरु निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएको र केही सम्पन्न हुने चरणमा पुगेको बताए ।

प्रतिकृय

प्रतिकृय

SHARE