हजारौ भोका हरुको भोग मेटाउदै सिन्धुको चेली रोस्नि

सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा ७ घर भएका सिन्धु चेली रोस्नि गोले तामाङ गैरसरकारी संस्था हार्ट्बिट सस्था संग आब्रद्ध भाई आपत बिपतमा सहयोग गरेका छन्।
यस संस्थाले बिगत १५बर्ष देखि नै गरिव परिवारको बालबालिकाहरुलाई शिक्षामा सहयोग गर्दै आइरहेको यस संस्थाको सस्थापाक जुजु काजी महर्जन र रोस्नी गोले तामाङले बताए
यस संस्थाले लकडाउनको तेस्रो दिन महेन्द्र सरस्वती सेवा आधारभुत विद्यालयको ३० जना विद्यार्थीहरलाई केही राहत सामग्री उपलब्ध गराई सुरु गरेको हाल सम्ममा यस् संस्थाले करिव १० हजार परिवारको लागि राहत सामग्री उपलब्ध गराइसकेका छन्। यस संस्थाले अत्ति बिपन्न परिवार दैनिक ज्यालादारीमा काम गरिराहेका, काठमाडौंको सुकुम्बासी बस्ती, विशेष दृस्टी बिहिन, तेस्रो लिङ्गीहरुको लागि राहत वितरण गरिरहेका छन्
नुवाकोट जिल्लाको बिदुर नगरपालिकाको सुकुम्बासी बस्तिको ८२ परिवारलाई पनि राेस्नी गोले तामाङ आफै स्वयम उपस्थित भएर दैनिक उपभोग्य सामग्री वितरण गरेका छन् ।।राेस्नी गोले तामाङ आफ्नै गृह जिल्ला सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं २ लीड पहिरो पीडतलाई आफैं गएर खद्यान लगायतका सामग्री पहिरो पीडितलाई वितरण गरेका थिए।
हिजो मात्र रोशनी गोले तामाङ्गको नेतृत्वमा कपनमा ९० घर परिवारको लागि राहत वितरण गरियका छन बिगत ५ महिना देखि यो अभियानमा निरन्तर लागिरहेका बताएका छन्।
।काठमाडौको विभिन्न ठाउँमा समस्यामा रहेकाहरुको लागि लागि परेको आज करिब १६९ दिन पुगेको छ । विभिन्न ठाउँमा दैनिक उपभोग गर्ने खाद्य सामग्रीहरु उपलब्ध गराउनुका साथै सडकमा अलपत्र परिरहेकाहरुको लागि खाना खुवाउदै आइरहेका सिन्धुका चेली रोसनी गोले तामाङ बताउँछन्।
आज पनि सदा झै तामाङले ठमेल क्षेत्रपाटीमा१०० जना, महेन्द्र सरस्वती सेवा आधारभुत विद्यालयको ५० जनाविद्यार्थी र मृगौला उपचार केन्द्र बनस्थलिमा ५० जनाको लागि खाना वितरण गरेका छन्।
भौतिक, सामाजिक आर्थिक रुपमा सहयोग गर्नु हुने सहयोगी तिलक श्रेष्ठ, अनिल लामिछाने, नवीन बिक्रम थापा, पृथ्वी मगर, मनोज श्रेष्ठ, हिराकाजी महर्जन , श्वावन महर्जन लगायत टिमहरू धन्यबाद दिएका छन्।

प्रतिकृय

प्रतिकृय