सोल्टिनि ज्यु बाट कलारिता क्षेत्रमा अनु थिङको पाइला

गित सङ्गीत एउटा दुख, सुख ,मेला ,उत्सब हरेक बेला समयको साथी बनेका छन। हरेक ठाउको कला सस्कृतीलाई गित सङ्गितकै माध्यम बाट संरक्षण भैरहेको पनि हामिले देख्न सक्छौ।

नेपाली बजारम दैनिक बिभिन्न खालका गित सङ्गीतहरु सर्बजनिक भैरहेका छन । कोहि गितले दर्शकका मन जित्न सफल भएका छन त कुनै गित बजारमा आएको नाआएको पत्तो समेत हुन्न । यस्तै गित सङ्गीत सङ्गै कलाकारहरूपनि नेपाली गित सङ्गीत बजारमा उत्तिकै नया कलाकारहरू दैनिक जसो नै निस्किएको देख्न सक्छौ।

नया कलाकारहरु सङ्गै नया गित सङ्गीत आइनै रहने क्रममा नया कालाकारका रुपमा अनु तामाङ थिङ पनि कलाक्षेत्रमा पहिलो पटक पाइला हालेका छन । गायक मोडल तथा निर्देशक ओम तामाङ वाइबाको आवाजमा रेहेको नेपाली पुर्बेली गित सोल्टिनी ज्यु बाट उनले पहिलो पटक नेपाली गितसङ्गितमा आफ्नो प्रस्तुति दिएका छन । सोल्टिनी ज्यु यहि असोज २१गते बुधबार सार्बजनिक हुनेछ । सुन्दर अनुहार सङ्गै राम्रो नृत्य अभिनय गर्न सक्ने उनी अब सधै कलाकारिता क्षेत्रमै लागि रहने र पहिलो म्युजिक भिडियो सार्बजनिक भए पश्चात् दर्शक स्रोताको प्रतिक्रिया लिन आतुर रहेको उनले बताए ।

सोल्टिनी ज्यु पुर्बेली लोक पप बिधाको गित रहेको छ । गितमा शब्द सङ्गीत ओम तामाङ वाइबाको रहेको छ भने सङ्गीत सम्योजन देबेश राईले गरेका छन । यश गित भिडियो निर्माण सङ्गिता पाख्रीनले गरेका हुन । क्यामेर ड्रोन तथा कलर जिग्मे मिडिया हाउसका प्रबन्ध निर्देशक सुर्य लामाको रहेको छ।प्रोडोक्सन म्यानेजर बब्लु गुरुङ, फोटो ग्राफी तृलोल वाइबा, श्रृङ्गार दिया रिजाल, र सम्पादन बज्र न्यासुरको रहेको छ । अभिनयमा अनु तामाङ ,ओम तामाङ वाइबा , अशोक तामाङ बाल कलाकार निस्काला लामा आदिको अभिनय रहेको छ। यश भिडियो निर्देशन ओम तामाङ वाइब स्वयमको नैरहेको छ।

प्रतिकृय

प्रतिकृय

SHARE