‘डा. केसीको मागप्रति बेवास्ता गरी सरकारले अकर्मण्यता प्रदर्शन गर्यो’ माननीय तिर्थ लामा

काठमाडौं । नेपाली कंग्रेस काभ्रे क्षेत्र नं १ का प्रतिनिधि सभाको सभापति तथा संविधान सभाको सदस्य तिर्थ लामाले सरकारले डा. केसीको मागप्रति बेवास्ता गरी आफ्नो अकर्ममण्यता प्रदर्शन गरी लोकतन्त्रमा रहनुपर्ने संवादको सस्कृति र आफ्नै चुनावी घोषणापत्रप्रति समेत बेइमानी गरेको आरोप लगाएका छन् । डा. गोबिन्द केसीको सत्याग्रहको मागलाई सम्बोधन गर्नुको साटो सरकार नै उल्टो दिशामा लागेर डा. केसीको जाहेज मागलाई बेवास्ता गरेको प्रति आपत्ति जनाएको छ ।

डा. केसी को माग सम्बोधन भए कयौं गरीब नेपालीले पनि निम्न शुल्कमा चिकित्सा शिक्षाको गुणस्तर शिक्षा सजिलै अध्ययन गर्न पाउने नेता लामाले बताए । उनले चिकित्सा शिक्षाको पहुँचमा सबै पूग्ने उल्लेख गर्दै नेता लामाले डा गोबिन्द केसीको लागि सडकमा उत्रिएर सरकारलाई ध्यानाकर्षण गराएकाहरूलाई प्रहरी बल प्रयोग गर्नु औचित्य नभएको बताए ।

प्रतिकृय

प्रतिकृय

SHARE