नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह पदमुक्त ।

नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह पदमुक्त ।

 

काठमाडौ : सत्तारूढ दल कर्णाली प्रदेश सभा नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाएका छन्। मुख्यमन्त्री शाहीले शाहको ठाउँमा सांसद सीता नेपालीलाई नियुक्त गरेका छन्।

प्रमुख सचेतकको रूपमा रही सन्तोषजनक कामकारबाही नगरेकोले उनलाई हटाइएको शाहीले जानकारी गराएका छन्।

प्रदेश सभा दलको विधान ७ बमोजिम प्रदेश सभा प्रमुख सचेतकमा नियुक्त गरिएकोमा तपाईंका कामकारबाही सन्तोषजनक नभएकोले जिम्मेवारबाट मुक्त गरिएको छ,’ संसदीय दलका नेता शाहीले लेखेको पत्रमा भनिएको छ।

आइतबार मुख्यमन्त्री शाहीविरूद्ध पूर्वमाओवादीका ३ जना‍सहित १८ जना सांसदले अविश्वासको प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव तत्कालीन संसदीय दलका प्रमुख सचेतक शाहलाई बुझाइएकोमा उनले आइतबार नै दर्ता गराएका थिए।

अविश्वासको प्रस्ताव दर्ता गरेको केही घन्टापछि उनले संसदीय दलको बैठक समेत आह्वान गरेका थिए।

प्रतिकृय

प्रतिकृय

SHARE