The voice of Nepal S3 नवीन गजमिर को संगीतिक जीवन यात्रा

नेपालमा धेरै दर्शकले रुचाएको सिङ्गिङ रियालिटि शो ‘द भोईस अफ नेपाल’ को सिजन–३ अहिले चलिरहेको छ । शोमा चार जना कोचहरु रहेका छन् । चार जना कोचहरु मध्ये एक जना कोच प्रमोद खरेल पनि रहेका छन् । शोको ब्लाइन्ड अडिसनमा कोच प्रमोदको याद गर्न पनि कहिले काँही कोही न कोही त चाँहिदो रैछ भन्ने बोलको गीत गुञ्जियो । चारै जना कोचहरु गीत सुनेर छक्क परे । किनकी गीत कोच प्रमोदको आवाजमा गुञ्जिरहेको जस्तै थियो । गीतको दोस्रो अन्तरा सुरु भए लगत्तै तीन जना कोचको कुर्सी घुम्यो तर एक जना कोच राजुको कुर्सी घुमेको थिएन । किनकी कोच राजु गीतमै डुबिरहेका थिए । गीत सकिनसाथ कोच राजुको कुर्सी पनि घुमेको थियो । सबै जना कोचहरु फर्किए तर उक्त गीत गाउने प्रतियोगिलाई भने पर्दाले छेकेको थियो । एकैछिनमा पर्दा तल झार्दा उनि थिए सिक्किमका नविन गजमेर । उनले एक जना कोच छानेर अगाडी बढ्न आवश्याक थियो । उनले कोच राजुलाई छानेर अगाडी बढे ।
्रको संघर्षको कथा छुट्टै छ । सानैदेखि राजु लामाको गीतहरु गाएर हुर्किएका नविन नेपाली गीतसँगीतलाई निक्कै माया गर्छन् । उनको बुवा निक्कै राम्रो गीत गाउने गर्थे जसका कारण नविन पनि गीत गाउने र गायक बन्ने सपना बोकेर हुर्किए । उनि सानो हुँदा गाउँमा एउटा न्यु जेनेरेशन नामको म्युजिक ब्याण्ड थियो । उनले त्यस ब्याण्डमा गीत गाउन थाले । उनको गायक बन्ने सपना यत्ति बलियो थियो कि उनले गायक बन्नकै लागि अरु कसैको घरमा बसेर संगीत सिक्नथाले । उनलाई सँगीत सिकाउने अनि जस्तोसुकै दुःखमा पनि साथ दिने उनका गुरु अनिल राई र ट्रेजा लेप्चालाई सदैव सम्झिरहन्छन् । उनि सन् २०१७ मा भएको सिक्किम राईजिङ स्टारको फर्स्ट रनर अप पनि भएका थिए । सन् २०१८ मा उनी सिक्किम ईकल्चर स्वरका विजेता समेत बने । उनले अहिलेसम्म १२ वटा गीतहरु रेकर्ड गराईसकेका छन् । उनलाई अनलाईपत्रको तर्फबाट भोईस अफ नेपालको यात्रा अझै अगाडी बढोस् र साँगितिक क्षेत्रमा सफता नै सफलता मिलोस् हार्दिक शुभकामना ।

प्रतिकृय

प्रतिकृय

SHARE