आखिर किन बन्द The voice of Nepal Coch Raju को Advisor Boby Lama को status

सम्पूर्ण संगीतप्रमी दर्शकहरूमा नमस्कार 🙏,
The Voice of Nepali.को Knockout Round का नयाँ Episode हरूको प्रशारण बारेमा धेरैले सोधिराख्नु भएकोमा धन्यवाद ।

विश्वले नै भोगी रहेको यो माहामारीको भिषम परिस्थितिको बावजूत पनि हाम्रो टिमले गएको हप्ता सम्म जसोतसो गरी Battle Round का अन्तिम Episode हरू तयार गरी प्रशारण गर्न सफल भएका थियौ ।

Battle Round पार गरेर बाक़ी रहेका ३६ Talents, 9 Musicians , 4 Coaches लगायत पर्दा पछाडि रहेर कार्यक्रम निर्माणमा लागि परि रहेन लगभग हामी 30-32 जनाले कोभिड संक्रमणबाट बचेर काम गर्नको लागि सम्पूर्ण सावधानीहरू अपनायर नै कामहरू अगाड़ी बढ़ाई रहेका थियौ ।
तर जतिनै सावधानी अपनाय पनि यो 80 – 82 को ठुलो टिममा सबैलाई CORONA VIRUS को डर हुनु स्वभाविक नै हो ।

तसर्थ, (Anyone’s Life and Health is the First Priority)
“कसैको पनि जिवन र स्वास्थ्य नै सबै भन्दा ठुलो हो” भन्ने कुरालाई पहिलो प्राथमिकता दिदै, हामी जो जहाँ छौ त्यही नै self isolation मा बस्ने निर्णय गर्यौ र यो हप्ता कुनै पनि छायांकन र कार्यक्रम निर्माण गर्न सक्षम हुन सकेनौ ।
र चाहेर पनि आज शुक्रवार र भोली शनिवार Knockout Round का कुनै पनि नयाँ Episode हरू प्रशारण गर्न नसक्ने भएकोमा हामी सम्पूर्ण The Voice of Nepal Team क्षमाप्राथी छौ ।

The Voice प्रतिको यहाँहरू माया, लगाव, चाहना र विश्वासलाई हामी कदापि कम हुन दिने छैनौ । समय र परिस्थिति बलवान भएको खण्डमा सम्भवतः अर्को हप्ताबाट हामी नियमित Episode हरू यहाँहरू माझ राख्ने छौ ।
पुनः धन्यवाद यहाँहरू सम्पूर्णमा ।

The Voice of Nepal
Management Team

प्रतिकृय

प्रतिकृय

SHARE