कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसर डुबानमा परेको छ । सोमबार दिउँसो परेको वर्षाले आयोगको मुख्य प्रवेशद्वारदेखि पार्किङ स्थलसम्म पानी जमेर पोखरी बनेको छ । आयोग परिसरमा पानी जमेपछि हिँडेर आयोगमा दल दर्ताका लागि पुगेका राजनीतिक पार्टीका प्रतिनिधिहरू जुत्ता हातमा बोकेर कार्यालय प्रवेश गरेका छन् ।
त्यस्तै आयोग परिसरमा पार्किङमा राखेका बाइक, कार डुबेका छन् । कतिपय चिप्लेर समेत लड्न पुगेका छन् । सोमबार समानुपातिक तर्फको बन्द सूची बुझाउने कार्यतालिका भएकाले राजनीतिक पार्टीका प्रतिनिधिहरू बिहानैबाट बन्द सूची बुझाउन आयोगको कार्यलय पुगेका छन् । अपरान्ह चार बजेसम्म ३२ वटा दलले बन्द सूची बुझाउन धरौटी रकम बुझाइसकेका छन् ।