तामाङ कथानक चलचित्र “म्युङ पुजू” युट्युबमा जिग्मे मिडियाबाट सार्बजनिक हुने

तामाङ कथानक चलचित्र “म्युङ पुजू” यही फागुन १९ गते सुक्रबारका दिन जिग्मे मिडियाको युट्युब च्यानलबाट सार्बजनिक हुने भएको छ । निर्माण पक्षले जानकारी दिए अनुसार यो चलचित्रमा घमण्डपनले गर्दा आफ्नै परिवारमा कसरी फाटो आउँछ भन्ने कहानीको रुपान्तरणलाई दर्शकहरुले हेर्न पाउने बताएका छन ।

प्रमुख पात्रको रुपमा नायकको भुमिकामा प्रेम गोले तामाङ, ईश्वर लामा तामाङ तथा नायिकामा सुस्मा मोक्तान र डोल्मा तामाङ रहेको छ । कान्छीमाया गोलेको निर्माणमा बनेको म्युङ पुजूमा आमाको भुमिका समेत उनैले निभाएका छन । साथै भुईसल लामा र राज कुमार स्याङ्तानलाई पनि मुख्य पात्रको रुपमा देखिन सकिन्छ ।

अजय स्याङ्तानको निर्देशनमा बनेको यस चलचित्र तामाङ सुपर स्टार डम्फु मिडियाको ब्यानरमा बनाएका हुन । बिक्रम मोक्तानले छायांकन गरिरहेको यस चलचित्रको कथा लेखन सुजन तामाङ, पटकथा रितुराज पाख्रिन, द्वन्द्व निर्देशन सुरज श्रेष्ठ र सुरेस वाईबा तथा सह निर्देशकमा बद्री तामाङ रहेको छ । साथै अन्य कलाकारहरुमा वीर बहादुर स्याङ्तान तामाङ , अभिनाश तामाङ , सुजल तामाङ , राजु तामाङ, भिम तामाङ , प्रिङका रेग्मी , हिमा पाख्रिन, लक्ष्मि तामाङ लगायतको अभिनय पनि देख्न सकिन्छ ।

चार वटा गित संगित समेटिएको चलचित्र म्युङ पुजूमा निमा दोङ र प्रयास दोङको संगित रहेको छ भने इन्दिरा गोले, विशाल काल्तान, जितु लोप्चन र सुरेश लामाले आवाज दिएका छन । चलचित्रको सबै गित कुमार स्याङबाले रचना गरेका हुन ।

चलचित्रको धेरै दृश्यहरु सिन्धुपाल्चोकको रमणीय स्थलहरु तातोपानी, डल्लेपोखरी, बलेफी डाँडागाउँ, धुस्कोट, बाह्रबिसे, मुडे लगायत ठाउँहरुमा छायांकन गरिएको छ भने काठमाडौं वरपरका दृश्यहरुलाई पनि समेटिएको छ ।

यस चलचित्रका सम्पूर्ण बजार ब्यबस्थापानको जिम्मा निर्माण पक्षले जिग्मे मिडिया प्रोडक्सनलाई दिएका छन ।

प्रतिकृय

प्रतिकृय