रामचन्द्र र सुवासले पाएको मतको बाक्सा खोल्दा जे देखियो, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मतगणना सुरु भएको छ । संघीय संसद्को स्काइलाइट हलमा राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको हो ।

बिहीबार बिहान १० देखि दिउँसो तीन बजेसम्म भएको राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको थियो ।

मतदानमा कुल ८८४ जना मतदाता रहेकामा संघीय संसदतर्फ १५ जना तटस्थ रहे भने २ जना सांसद बिरामी रहेका कारण अनुपस्थित भए । यस्तै एकजना निलम्बित रहेका छन् भने एक जना सांसद फरार रहेका कारण मतदानमा सहभागी भएनन् । यस्तै रवि लामिछानेको एउटा पद रिक्त रहेको र अर्का एक जना सांसदको मृत्यु भएको अवस्था छ ।

यस्तै प्रदेशतर्फ  ५५० मध्ये ५१८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार रहेका छन् । मत पेटिका खन्याएर गन्न थालिएकाले अबको केहीबेरमै नतिजा आउने बताइएको छ ।

मतगणनाका तस्बिरहरु हेर्नुहोस् :

president-electionpresident-election1president-election3president-election4president-election5president-election6president-election7president-election8president-election9president-election10president-election11president-election12president-election13president-election14president-election15president-election16president-election17president-election18president-election19president-election20president-election21president-election22

प्रतिकृय

प्रतिकृय