अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको अर्को कीर्तिमान

क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा पोर्चुगलले युरो २०२४ को छनोट खेलमा लिचेस्टाइनलाई ४-० गोलले पराजित गरेको छ।

समूह ‘जे’ को खेलमा पोर्चुगल ४-० गोलले विजयी भएको हो। पोर्चुगलका लागि कान्सेलोले ८ र बेर्नान्डो सिल्भाले ४७ मिनेटमा गोल गर्दा रोनाल्डोले ५१ मिनेटमा पेनाल्टी र ६३ मिनेटमा गरी दुई गोल गरे।

रोनाल्डोले बिहीबार खेलेसँगै विश्व कीर्तिमानी १९७ अन्तर्राष्ट्रिय खेल खेले।

३८ वर्षिय रोनाल्डोले कीर्तिमानी १२० अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।

उनले सन् २००३ मा अन्तर्राष्ट्रिय डेब्यू गरे र विश्वकप २०२२ कतारमा पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने।

रोनाल्डोले कतार विश्वकपका दौरान १९६ खेल खेलेका कुवेतका फरवार्ड बदेर अल-मुतावाको कीर्तिमानी बराबरी गरेका थिए।

तर क्वार्टरफाइनलमा मोरक्कोसँग पोर्चुगल पराजित भएपछि रोनाल्डोको विश्वकप जित्ने सपना समाप्त भएको थियो। त्यसयता उनले पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेलेका हुन्।

रोनाल्डोका रेकर्ड
सर्वाधिक च्याम्पियन्स लिग गोल (१४०)
धेरै च्याम्पियन्स लिग खेल्ने (१८३)
सर्वाधिक च्याम्पियन्स लिग जित्ने (५)
तीन च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने एक मात्र खेलाडी
युरोपेली च्याम्पियनसिपको धेरै फाइनल खेल्ने (५)
युरोपियन च्याम्पियनसिपको फाइनलमा सर्वाधिक गोल (१४)
युरो र विश्वकपको समग्रमा सर्वाधिक गोल (२२)
विश्व फुटबलमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल (१२०)
पुरुष अन्तर्राष्ट्रिय फुटबलमा १० ह्याट्रिक गर्ने पहिलो खेलाडी

प्रतिकृय

प्रतिकृय